भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औँ खेलमा, रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो।
अरुण जेटली रंगशालामा दिल्लीले ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। तर, बेंगलुरुले क्रुणाल पाण्ड्या र विराट कोहलीको अर्धशतकको मद्दतले १९ औँ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो।
खेलमा भुवनेश्वर कुमारले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए । योसँगै उनी आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनको नाममा अब १९३ विकेट छन्। पहिलो स्थानमा युजवेन्द्र चहल छन्, जसले अहिलेसम्म सर्वाधिक २१४ विकेट लिएका छन्।
तेस्रो स्थानमा पीयूष चावलाले १९२ विकेट लिएका छन् । सुनिल नरेन १८७ विकेटसहित चौथो र रवीचन्द्रन अश्विन १८५ विकेटसहित पाँचौँ स्थानमा छन् ।
आइतबारको खेलमा १७ औँ ओभरमा भुवनेश्वर कुमारले २ विकेट लिए। उनले ओभरको पहिलो बलमा केएल राहुललाई क्याच आउट गराए। त्यसपछि उनले पाँचौँ बलमा आशुतोष शर्मालाई बोल्ड गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण