सप्तरी कारागारबाट कैदी फरार

सप्तरी । सप्तरी कारागारबाट एक जना कैदी फरार भएका छन् । सोमबार बिहान सप्तरी कारागारबाट एक जना कैदी हाम फालेर फरार भएको प्रहरीले जनाएको छ । कारागारबाट रामानन्द मण्डल फरार भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार आइतबार राती १० बजेसम्म कारागारमै रहेका मण्डल बिहानबाट बेपत्ता भएका हुन् ।
प्रहरी प्रमुख खतिवडाले भने,‘हिजो राती १० बसेसम्म मण्डल कारागारमै थिए, तर जब चट्याङसहित बेस्सरी पानी पर्न थाल्यो, त्यही मौका छोपी उनी फरार भएको देखिएको छ ।’ तर,कहाँबाट कसरी भागे त्यो अझै खुल्न नसकेको उनले बताए । यद्यपि, वालबाट हाम फालेर मण्डल फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खतिवडाको भनाइ छ ।
मण्डल काठमाडौँबाट चोरी मुद्दामा पुर्पक्ष भई सप्तरी कारागार चलान भएका थिए । उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर– ११ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।
मण्डल गएको पुस महिनामा सप्तरी कारागारमा आएको सप्तरी प्रहरीले जनाएको छ । फरार कैदी मण्डलको खोजीमा व्यापक प्रहरी खटाइएको सप्तरी प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत