सप्तरी कारागारबाट कैदी फरार
सप्तरी । सप्तरी कारागारबाट एक जना कैदी फरार भएका छन् । सोमबार बिहान सप्तरी कारागारबाट एक जना कैदी हाम फालेर फरार भएको प्रहरीले जनाएको छ । कारागारबाट रामानन्द मण्डल फरार भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार आइतबार राती १० बजेसम्म कारागारमै रहेका मण्डल बिहानबाट बेपत्ता भएका हुन् ।
प्रहरी प्रमुख खतिवडाले भने,‘हिजो राती १० बसेसम्म मण्डल कारागारमै थिए, तर जब चट्याङसहित बेस्सरी पानी पर्न थाल्यो, त्यही मौका छोपी उनी फरार भएको देखिएको छ ।’ तर,कहाँबाट कसरी भागे त्यो अझै खुल्न नसकेको उनले बताए । यद्यपि, वालबाट हाम फालेर मण्डल फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खतिवडाको भनाइ छ ।
मण्डल काठमाडौँबाट चोरी मुद्दामा पुर्पक्ष भई सप्तरी कारागार चलान भएका थिए । उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर– ११ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।
मण्डल गएको पुस महिनामा सप्तरी कारागारमा आएको सप्तरी प्रहरीले जनाएको छ । फरार कैदी मण्डलको खोजीमा व्यापक प्रहरी खटाइएको सप्तरी प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण