भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह
काठमाडौँ । ललितपुर महानगरपालिकाले भोलिदेखि (वैशाख १६ गते) सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । महानगर प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउन अनुरोध गरेका हुन् ।
महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । उक्त कार्य पात्रो अनुसार विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसकेकोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु नगराउनु भनी आदेश जारी भएको थियो ।
सोही अनुसार भोलिबाट विद्यालय सञ्चालन गर्न महानगरले अनुरोध गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा कर्मचारीहरू सडक आन्दोलनमा छन् । विगत २७ दिनदेखि आन्दोलन गर्दै आएका उनीहरूले ऐन जारी नहुँदासम्म कुनै प्रकारका क्रियाकलापमा सहभागी नहुने प्रस्ट पार्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण