दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग

विराटनगर । औद्योगिक विकासका लागि आगामी आर्थिक वर्षका लागि आउने बजेटमा समेट्नुपर्ने भन्दै उद्योग परिसंघ कोशी प्रदेशले सरकारलाई ३२ पन्ने सुझाव प्रस्तुत गरेको छ । परिसंघका कोशी अध्यक्ष पवनकुमार सारडाले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त सुझाव सोमबार नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई हस्तान्तरण गरेका हुन् ।
सुझावहरुमा दैनिक उपभोग्य सामाग्रीहरू चिनी, खाद्यान्न र सामान्य सुति कपडाहरूको महसुलका घटाउनु पर्ने, लगानी मैत्री वातावरण सुनिश्चितता हुनुपर्ने, औद्योगिक नीति विकास मुखी हुनु पर्ने, विभेदकारी नीति सच्चिनुपर्ने, औद्योगिक कच्चा पदार्थ र तयारी बस्तुको समान भन्सार लिने नीति हटाउनु पर्ने, ट्रेडिङ र उद्योगको सामानमा फरक दर कायम हुनु पर्ने, आय यकिन नभई आयकर लिने प्रथा बन्द गर्नुपर्ने, खाद्य सामाग्री, कच्चा पदार्थ आदी समेतमा लिइने यस्तो अग्रिम आयकर खारेज गरिनुपर्ने लगायत रहेका छन् ।
यस्तै तिन तहका सरकारले एकै बस्तु तथा सेवामा एकै उद्योगीसँग अलग अलग कर लिने व्यवस्था खारेज गरी एकीकृत ढङ्गले कर लिने व्यवस्था गर्नुपर्ने, व्यवसायीहरूलाई अनावश्यक कानुनी डर र जटिलताबाट छुटकारा दिन वाणिज्य कानुनमा भएका अनावश्यक फौजदारी दायित्वहरू हटाउनु र जरिबाना र देवानी दायित्वमा रूपान्तरण गर्नुपर्ने, सुनसरीको अमडुवामा रहेको करिब ६ सय बिगाहा जमिनको सदुपयोग गरेर औद्योगिक ग्राम बनाउनु पर्ने, कोशी प्रदेशमा प्रदर्शनिस्थल निर्माण गर्नुपर्ने, विराटनगरमा सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि रिङरोड वा बाइपास रोड तत्काल पुरा गर्नुपर्ने, रानी–किमाथाङ्का सडक र हुलाकी मार्गलाई प्राथमिकता दिनुपर्ने लगायतका रहेका छन् ।
सारडाले विराटनगर विमानस्थललाई सार्क मुलुकसम्मको उडान व्यवस्था हुन जरुरी भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित
-
१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक