समाचार
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
मङ्गलबार, १६ वैशाख २०८२, १५ : ५२
कैलाली । धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार मिर्गौला रोगबाट पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए । उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए । सोमबार मात्रै उनी अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए ।
उनकी पत्नी ईश्वरीदेवी सिंह अस्पतालमा कुरुवा बसिरहेकी थिइन्। प्रहरीका अनुसार पत्नी निदाएको मौका छोपेर सिंह छतमाथि उक्लिएका थिए ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्र सिंह बोहराले जनाए अनुसार, प्रहरीहरूले उनलाई वार्ड फर्किन आग्रह गरे पनि उनले तत्कालै हाम फालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण