धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाबाट गत वैशाख १२ गते चोरी भएको बस विराटनगरमा पार्टपूर्जा खोलेर बिक्री गर्दै गरेको अवस्थामा फेला परेको छ ।
बस हराएपछि गाडीधनी र प्रहरीले खाजी गरिरहेको अवस्थामा विराटनगर–१२ स्थित मलहनुवाचौक नजिकै खालीचौरमा फेला पारिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाले जानकारी दिए ।
चोरी भएको बसका पार्टपूर्जा खोलेर विराटनगर–६ सरोचियास्थित कवाडीमा बिक्री गर्न थालिएको अवस्थामा फेला परेको हो ।
यातायात व्यवसायी हरेन्द्र चेम्जोङका अनुसार प्रदेश १, ०२–००१–९७४९ नम्बरको बस धरान बरगाछीमा पार्किङमा राखिएको बेला हराएको थियो ।
बस फेला पर्दा मंगलबार विहान मात्रै तीन पटकसम्म त्यसका पार्टपूर्जा कवाडीमा ल्याइएको थियो । खाली स्थानमा रोकिएको बसका पार्टपूर्जा क्रमशः खोल्दै कवाडीमा पुर्याउँदै गर्ने व्यक्ति भने फरार छन् ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको एसपी चिमरियाले बताए । उनका अनुसार कवाडी सञ्चालक गीतादेवी साह र उनका नातेदार लाई सहयोग गर्दै आएका ज्वाँई दिपेन्द्र साह फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण