कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला
बुधबार, १७ वैशाख २०८२, १२ : ३९
धनगढी । कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला परेका छन् । बुधवार बिहान लालझाडी गाउँपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन् ।
राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार साइकलसहित राना मृत भेटिएका छन् ।
मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन् ।
मङ्गलवार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए। मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरीरको कपडा थिएन। घटनास्थल कार्य सक्काएर अहिले युवकको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण