मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै

बिहीबार, १८ वैशाख २०८२, ०६ : १८
बिहीबार, १८ वैशाख २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याविनेट बैठकमा आफ्नो भन्सार नीति (ट्यारिफ)को प्रशंसा गरेका छन् । उनले अतिरिक्त भन्सार महशुल अभियानको प्रशंसा गरे पनि यो वर्षको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्रमा ०.३ प्रतिशतको गिरावट आएको रिपोर्ट सार्वजनिक भएको छ । 

२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट आएको हो । विभिन्न कम्पनी तथा फर्महरुले ट्रम्पको ट्यारिफभन्दा पहिल्यै आयातको स्ट्रक जम्मा गरिसकेका बताइँदै छ । ट्रम्प यसका लागि जो बाइडेनलाई दोषी करार गरिरहेका छन् । उनले भने, ‘वाल स्ट्रीटमा देखा परेको ‘‘खराब अंक’’को ट्यारिफसँग कुनै लेनदेन छैन ।’

ट्रम्पले एक कार्यक्रमका लागि एनभिडिया र जीई एरोस्पेससहित प्रमुख कम्पनीका सीईओलाई विशेष सम्मान तथा सत्कार गर्ने कार्यक्रम छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप