वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन २२ गते हुने
हेटौँडा । नेकपा माओवादी केन्द्र सम्बद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) मकवानपुरको जिल्ला सम्मेलन वैशाख २२ गते हुने भएको छ । हेटौँडा–२ स्थित पल्पसा हलमा वैशाख २२ मा ‘उद्यमशीलता नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन हुने भएको हो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै वाइसिएल मकवानपुरले जिल्ला सम्मेलनको बारेमा जानकारी गराएको हो । पूर्व उपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ को प्रमुख आतिथ्ययतामा सम्मेलन हुने वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले जानकारी दिए । उनका अनुसार सम्मेलनले युवाहरूको सवाललाई सशक्त रूपमा उठान गरी पार्टी सङ्गठनको नीतिगत तहमा पुर्याउन भूमिका खेल्नेछ ।
सम्मेलनले युवा पलायन, युवाहरूको अवसर, चुनौती र समस्याबारे नीतिगत संवादको थालनी गर्ने उनले बताए । युवाहरूलाई आर्थिक सामाजिक, राजनीतिक तथा सुशासनका मुद्दामा सशक्त ढङ्गबाट अघि बढाउने भूमिका खेल्ने उनको भनाई छ ।
उनका अनुसार सम्मेलनमा मकवानपुरका १० स्थानीय तहका ४०० प्रतिनिधिहरू सहभागी हुनेछन् । उक्त सम्मेलनले ७१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गर्ने उनको भनाइ छ । पछिल्लो समय वाइसिएलमा युवाहरूको आकर्षण बढेको र युवा परिचालनलाई ध्यानमा राखेर नयाँ कार्यसमिति तयार गरी अघि बढ्ने तयारी गरिएको उनले बताए ।
सम्मेलन आयोजनाका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । उक्त खर्च व्यवस्थापन गर्ने स्रोत अन्तर्गत प्रतिनिधिबाट जनही ५०० रुपैयाँका दरले शुल्क उठाइने छ भने जिल्ला समिति र स्थानीय तहका नेतृत्वबाट जनही ५ हजार रुपैयाँ उठाउने निर्णय भएको उनले बताए । हाल जिल्ला समितिमा २५ र स्थानीय तहका नेतृत्वको विभिन्न पदमा ३१ जना रहेका छन् । सम्मेलनका लागि केही सहयोगहरू प्राप्त हुने अनुमान गरिएको उनले बताए । वाइसिएल मकवानपुरमा हाल २ हजार बढी सङ्गठित सदस्यहरू रहेको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण