शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

स्कारपियो दुर्घटना हुँदा एक कर्मचारीको मृत्यु

बिहीबार, १८ वैशाख २०८२, २० : ०६
बिहीबार, १८ वैशाख २०८२

विराटनगर । मदन भण्डारी लोकमार्गको उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ का ५५ वर्षीय माधव बस्नेत रहेका छन् । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मदन भण्डारी लोकमार्गबाट पश्चिमबाट पूर्व जाँदै गरेको मे १ च ३०४० नम्वरको स्कारपियो गाडी बिहीबार दुर्घटनामा परेको हो ।

दोङका अनुसार दुर्घटनामा परेको स्कारपियोमा सवार झापा दमक नगरपालिका–३ का वर्ष ५५ का माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो । 

यसैगरी चालक झापा दमक नगरपालिका–९ का वर्ष ३८ का देबेन्द्र तामाङ, वडा नम्वर १० का वर्ष ४९ का राजेन्द्रप्रसाद भण्डारी, वडाम्वर १ का वर्ष ४५ का  ज्ञानेन्द्र गौतम, वडा नम्वर ६ का वर्ष ५४ का कमल श्रेष्ठ,  वडा नम्वर २ का  वर्ष ३८ का नबिन खतिवडा, झापाकै गौरादह नगरपालिका–१ का वर्ष ५४ का  भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको डिएसपी दोङले जानकारी दिए । 

उनका अनुसार चितवनबाट मकवानपुर हुँदै झापा तर्फ जाँदै गरेको थियो । स्कारपियो गाडी आँफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर दुर्घटनामा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप