स्कारपियो दुर्घटना हुँदा एक कर्मचारीको मृत्यु
विराटनगर । मदन भण्डारी लोकमार्गको उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ का ५५ वर्षीय माधव बस्नेत रहेका छन् । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मदन भण्डारी लोकमार्गबाट पश्चिमबाट पूर्व जाँदै गरेको मे १ च ३०४० नम्वरको स्कारपियो गाडी बिहीबार दुर्घटनामा परेको हो ।
दोङका अनुसार दुर्घटनामा परेको स्कारपियोमा सवार झापा दमक नगरपालिका–३ का वर्ष ५५ का माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो ।
यसैगरी चालक झापा दमक नगरपालिका–९ का वर्ष ३८ का देबेन्द्र तामाङ, वडा नम्वर १० का वर्ष ४९ का राजेन्द्रप्रसाद भण्डारी, वडाम्वर १ का वर्ष ४५ का ज्ञानेन्द्र गौतम, वडा नम्वर ६ का वर्ष ५४ का कमल श्रेष्ठ, वडा नम्वर २ का वर्ष ३८ का नबिन खतिवडा, झापाकै गौरादह नगरपालिका–१ का वर्ष ५४ का भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको डिएसपी दोङले जानकारी दिए ।
उनका अनुसार चितवनबाट मकवानपुर हुँदै झापा तर्फ जाँदै गरेको थियो । स्कारपियो गाडी आँफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर दुर्घटनामा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण