शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

पाकिस्तानले बन्द गर्‍यो एफएम रेडियोमा भारतीय गीत

शुक्रबार, १९ वैशाख २०८२, ०९ : २५
शुक्रबार, १९ वैशाख २०८२

इस्लामवाद । पहलगाम आक्रमणले भारत र पाकिस्तानबीचको तनाव फेरि बढाएको छ । यो तनावका बिच पाकिस्तानले आफ्ना रेडियो स्टेशनहरूबाट भारतीय गीतहरू पूर्ण रूपमा हटाउने निर्णय गरेको छ ।

पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए)ले देशभरका सबै एफएम रेडियो स्टेशनहरूमा तत्काल लागू हुने गरी भारतीय गीतहरू बजाउन बन्द गर्ने घोषणा गरेको छ । पीबीएका महासचिव शकील मसूदले यो निर्णयको पुष्टि गरेको भन्दै पीटीआईले समाचार छापेको छ । 

पाकिस्तानका सूचना मन्त्री अता तरारले यो कदमको प्रशंसा गर्दै यसलाई एकताको बलियो सन्देश बताए । ‘पीबीएको यो देशभक्तिपूर्ण कदम प्रशंसनीय छ । यसले सम्पूर्ण राष्ट्रको भावनालाई प्रतिबिम्बित गर्दछ । कठिन समयमा राष्ट्रिय एकता र मूल्यमान्यताहरूलाई प्रवर्द्धन गर्न हामी सबै एकजुट छौँ ।’ उनले भने । 

यो निर्णय भारतले चालेको एउटा ठुलो कदमको केही दिनपछि आएको हो। पहलगाम आक्रमणपछि भारतले कूटनीतिक स्तरमा मात्र नभई मिडिया क्षेत्रमा पनि द्रुत कारबाही गरेको थियो । भारत सरकारले डन न्युज, समा टिभी, एआरवाई न्युज र जियो न्युज जस्ता ठुला नामहरू सहित १६ पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप