सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड

शनिबार, २० वैशाख २०८२, १० : ००
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान् जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय रहेको बताएका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आम सञ्चारकर्मी र सञ्चार क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्था, सञ्चार माध्यमलाई शुभकामना  दिँदै उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने  विश्वास लिएको उल्लेख गरेका छन् । 

'प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो, यही आवश्यकतालाई व्यवहारतः कार्यान्वयन गर्न प्रेस जगत् निरन्तर लाग्ने विश्वास लिएको छु' , शुभकामना सन्देशमा उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप