दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु (तस्बिरहरु)
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु भएको छ । शनिबार प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद भरत केसीले एक समारोहका बिच रक क्लाइम्बिङ महोत्सवको उद्घाटन गरेका हुन् ।

महोत्सव दुई दिन सम्म चल्नेछ । महोत्सवले साहसिक खेलको प्रवर्द्धन गर्नुका साथै समृद्ध दोलखा निर्माणमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ। भीमेश्वर नगरपालिका– २ स्थित सोक्लामा रहेको सो पर्यटकीय गन्तव्य चर्चित भीमेश्वर मन्दिर नजिकै रहेको छ ।

केही वर्षअघि देखि त्यहाँ रक क्लाइम्बिङको अभ्यास हुँदै आएको थियो । महोत्सवसँगै अब त्यहाँ व्यावसायिक रूपमै रक क्लाइम्बिङको सुरुवात हुने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रम स्थानीय सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न दलका स्थानीय नेता, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण