यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले भोलि वैशाख २२ गतेदेखि रातिमा सडक बन्द गरिने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) अन्तर्गत नागढुंगा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको हो । योजनाले एक सूचना जारी गर्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने जानकारी दिएको छ ।
काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने बताइएको छ । आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने