यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले भोलि वैशाख २२ गतेदेखि रातिमा सडक बन्द गरिने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) अन्तर्गत नागढुंगा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको हो । योजनाले एक सूचना जारी गर्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने जानकारी दिएको छ ।

काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने बताइएको छ । आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण