डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध

हेटौँडा । काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन आइतबार पुनः बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो ।
शनिवारातिदेखि परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्भर ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ जोड्ने बागमती नदीमा बनाइएको डाइभर्सन बगाएपछि आइतबार बिहान्बाट उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले डाइभर्सन ममर्तपछि यातायात सुचारु गरेको भएपनि पुनः बागमतीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालले नदीमा आएको बाढीले डाइभर्सन बनाउन प्रयोग गरिएको ह्युमपाइपसमेत बगाएकाले सवारीसाधन आवतजावतामा पूर्णरुपमा समस्या भएको बताए ।
उनले उक्त डाइभर्सन ममर्त गर्न समय लाग्नेभएकाले तत्काल उक्त मार्ग भएर चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।
यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झन्डै दुई हप्तासम्म उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
यस्तै पछिल्लो समय १८ वैशाखदेखि १ जेठसम्म १५ दिन कान्ति लोकपथ दैनिक ६ घण्टाका लागि बन्द गरिँदै आएको छ ।
उक्त सडकखण्डको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा खण्डअन्तर्गत गँगटेनजिकैको भर्याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
-
कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’
-
१४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई श्रेष्ठ नेतृत्वको एनआरएनएको आग्रह
-
कस्तो हो बोइङ ७८७–८ ड्रीमलाइनर विमान ?
-
५ बजेसम्म अनेरास्ववियुको निर्वाचनमा ९०५ मत खस्यो