राजावादी प्रदर्शन
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
आइतबार, २१ वैशाख २०८२, १९ : ५६
काठमाडाैँ । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडाैँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
राप्रपाका महामन्त्री धवल शमशेर जबरा हाजिर जमानीमा रिहा भएका थिए ।
गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । जहाँ मिश्रलगायतले प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण