राजावादी प्रदर्शन
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
आइतबार, २१ वैशाख २०८२, १९ : ५६

काठमाडाैँ । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडाैँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
राप्रपाका महामन्त्री धवल शमशेर जबरा हाजिर जमानीमा रिहा भएका थिए ।
गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । जहाँ मिश्रलगायतले प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट
-
हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडीको लोकेसन पत्ता लगाए भूगर्भविदले
-
पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्
-
फिल्म निर्देशनबाट किन ‘ब्याक’ भए राजेश हमाल ?