ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते
सोमबार, २२ वैशाख २०८२, १० : ५०
काठमाडौँ । ललितपुरमा चालकले मापसे गरेर चलाएको कार बिजुलीको पोलमा ठोक्किएको छ । गएराति ११ बजेतिर ललितपुर महानगरपालिका–१५ हात्तीवनमा बा.१५ च ७६५२ नम्बरको फोर्ड कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कार आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका छन् । कार चालक गोदावरी नगरपालिका–३ टौखेल बस्ने ३२ वर्षीय रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले मापसे गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
दुर्घटनामा म्याग्दी घर भएर गोदावरी बस्ने ४० वर्षीय अमर ध्वज पौडेल, टौखेल बस्ने २२ वर्षीय विशाल बिक र २९ वर्षीय सौगात लामिछाने घाइते भएका छन् । उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण