आन्दोलनपछि शिक्षकहरू धमाधम एसइईको उत्तर पुस्तिका परीक्षण गर्दै
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढेको छ । गत शुक्रबारदेखि नै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण गर्न थालेका हुन् । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरूले धमाधम परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।
कापी परीक्षणका लागि ३० हजार शिक्षकहरू खटिएको बोर्डले जनाएको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन र शैक्षिक हडताल २९ औँ दिनमा वैशाख १७ गते अन्त्य गरेको थियो ।
त्यसपछि शुक्रबारदेखि नै कापी परीक्षणको काम थालिएको अध्यक्ष शर्माले बताए । कापी परीक्षणका लागि बोर्डले १५ दिनको समय निर्धारण गरेको थियो । कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने यकिन हुने उनको भनाइ छ ।
बोर्डले जिलास्थित शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरेर कापी परीक्षणका लागि थप शिक्षक परिचालन गर्न सक्ने जनाइएको छ । विगतमा कापी परीक्षणको कार्य शैक्षिक सत्र सकिएर बिदा भएको बेला हुने गरेको थियो । तर, यो पटक बिदाको बेला शिक्षकहरू सडक आन्दोलनका लागि काठमाडौँमा थिए । अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकहरूले पनि अतिरिक्त समयमा काम गर्नुपर्ने अवस्था छ ।
कापी परीक्षणको काम सकिएपछि आन्तरिक प्रक्रिया गर्न एक महिना समय लाग्ने बोर्डले जनाएको छ । बोर्डले यस अघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । असारको ७ गते नतिजा प्रकाशन गर्नेगरी कार्यतालिका बनाएको थियो । तर, यो पटक कापी परीक्षणको काम ढिला गरी सुरु भएकाले उक्त मितिमा सार्वजनिक गर्न सकिने वा नसकिने अहिले नै भन्न सकिने अवस्था नरहेको अध्यक्ष शर्माले बताए ।
२०८१ को चैत ७ गतेदेखि सुरु भएको एसइईमा देशभरबाट पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिएका थिए । आन्दोलनको अन्त्य गर्दै महासङ्घले समेत तीव्रताका साथ कापी परीक्षण लगायतका काममा लाग्न देशभरका शिक्षकहरूलाई आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण