मिडिया हाउसहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेमा जोड

काठमाडौँ । नेपाल पत्रकार महासंघको प्रादेशिक संरचना स्थापना भएको आज सातौँ वर्ष पूरा भएको छ । यस अवसरमा प्रदेश समितिहरूले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउँदै छन् ।
२०७५ वैशाख २२ गते आजैका दिन महासंघका १० वटै प्रदेश समितिको निर्वाचनमार्फत पहिलो कार्यसमिति चयन भएको थियो । सोही दिनलाई प्रदेश समितिहरूले आफ्नो स्थापना दिवसको रूपमा मनाउँदै आएका छन् ।
स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपत्यका प्रदेश समितिले सबै मिडिया हाउसलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अपिल गरेको छ । ‘श्रमजीजी पत्रकारहरूले नियमित सेवा सुविधा पाउन मात्र हैन सञ्चारकर्म गर्दागर्दै ज्यान गुमाउनु पर्दा वा घाइते भई अङ्गभङ्ग हुँदा समेत तलब, बिमा लगायतका सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । स्थापना दिवसको यस अवसरमा सबै सञ्चार प्रतिष्ठानलाई नियमित सेवा सुविधा उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा आबद्ध भई श्रमजीवी पत्रकारहरूको दीर्घकालीन सुरक्षाको प्रबन्धका लागि अघि बढ्न विशेष अनुरोध गर्दछु,’ अध्यक्ष टेनिस रोकाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
उपत्यका प्रदेशले प्रदेश समितिलाई सबल र सक्षम बनाउँदै लैजान जोड दिएको छ । यस्तै, नियमित तलब सुविधा उपलब्ध गराउन, लोककल्याणकारी विज्ञापन वृद्धि गर्न र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गरेको छ ।
प्रदेशले प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्न र प्रेसमैत्री कानुन बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैगरी कोशी प्रदेश समितिले पत्रकारहरूका लागि पेसागत सुरक्षाका सवाल, न्यूनतम पारिश्रमिक, बीमा सुविधा, तालिम र दक्षता अभिवृद्धिका कार्यक्रमहरू थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । ‘प्रविधिमैत्री पत्रकारिताका लागि राज्यले पनि आवश्यक वातावरण र अवसर निर्माण गर्नुपर्छ । यो स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गर्दछु,’ अध्यक्ष भरतबहादुर खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई श्रेष्ठ नेतृत्वको एनआरएनएको आग्रह
-
कस्तो हो बोइङ ७८७–८ ड्रीमलाइनर विमान ?
-
५ बजेसम्म अनेरास्ववियुको निर्वाचनमा ९०५ मत खस्यो
-
अस्पतालको होस्टेलमा खसेको थियो विमान
-
कैलालीमा फरार प्रतिवादीमाथि गोली प्रहार, दुई जना पक्राउ
-
सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, पूर्व गाउँपालिकाअध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर