विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति
सोमबार, २२ वैशाख २०८२, १४ : ४१

बैतडी । विद्युत् सर्ट भएर बैतडीमा आज बिहान एक घरमा आगलागी भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
आज बिहान ८ः ३० बजेतिर विद्युत् सर्ट भएर भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका भएका छन् । प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको दाबी– छानबिन समिति बनाउन प्रतिपक्षी एकमत
-
विमान दुर्घटनापछि घट्यो बोइङको सेयर
-
यस्तो छ भारतमा यात्रुवाहक विमान दुर्घटनाको इतिहास
-
प्रतिपक्षी दलहरूको एक स्वर : भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्छ
-
अनेरास्ववियुको मतदान समय ३ घण्टा थप
-
२४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटना