मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

तीनकुने प्रकरणमा संलग्न आरोपमा थप एक जना पक्राउ

सोमबार, २२ वैशाख २०८२, १६ : ५६
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । सुकेधाराबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा खेमराज सेढाईं छन् ।

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप