तीनकुने प्रकरणमा संलग्न आरोपमा थप एक जना पक्राउ
सोमबार, २२ वैशाख २०८२, १६ : ५६
काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । सुकेधाराबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा खेमराज सेढाईं छन् ।
सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।
चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण