चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा अत्यावश्यक स्वास्थ्य उपकरण भए पनि तिनलाई सञ्चालन गर्ने दक्ष चिकित्सकको अभावले प्रयोगमा आउन सकेका छैनन् । उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर उपलब्ध भए पनि ती उपकरण झन्डै छ वर्षदेखि थन्किएका छन् ।
उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलका अनुसार, यस अवधिमा विभिन्न माध्यमबाट दक्ष चिकित्सकको खोजी गरिए पनि पाइएको छैन । हालै मात्र केन्द्रले चिकित्सकका लागि आवेदन आह्वान गरी परीक्षा समेत सञ्चालन गरेको थियो । पाँच जनाले आवेदन दिए पनि एकजना मात्रै उत्तीर्ण भए । उनी पनि अन्ततः नियुक्ति लिनै आएनन् ।
उपचारका लागि सर्पदंशको एन्टिस्नेक भेनम सरकारले उपलब्ध गराए पनि अन्य आवश्यक औषधिहरू भने केन्द्रले आफैँ खरिद गर्नुपरेको छ । बिरामीबाट प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ लिने गरिएको छ भने संस्थाका आजीवन सदस्यका लागि शुल्क पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
हाल उपचार केन्द्रको सञ्चालनमा लालबन्दी, हरिवन, ईश्वरपुर र हरिपुर नगरपालिकासहित नगरपालिकाका केही वडाहरूले वार्षिक बजेट सहयोग गर्दै आइरहेका छन् । तर, दक्ष जनशक्तिको अभावमा अत्यावश्यक उपकरण प्रयोगमा ल्याउन नसकिँदा गम्भीर बिरामी जोखिममा पर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव