बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा

मङ्गलबार, २३ वैशाख २०८२, १२ : २४
मङ्गलबार, २३ वैशाख २०८२

मकवानपुर । विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसको जीतमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । देउवाले खेलको २१ औँ, ४० औँ र ५९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने  उपाध्यायले ३४, ६६ र ८० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पुलिसको लागि अर्को एक गोल ४५ औँ मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। 

फाइनल प्रवेश गरेको पुलिस उपाधिका लागि बिहीबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र संकटा क्लबबिचको विजेतासँग भिड्नेछन् । एपीएफ र संकटाबीचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप