रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू
रौतहट । रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता मङ्गलवार देखि सुरू भएको छ । चन्द्रपुर वडा नम्बर ८ कोटिहोम खेल मैदानमा आजदेखि “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरू भएको हो ।
प्रतियोगिता नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा आज देखि सुरु भएको श्याम हरि चौलागाईले बताए । प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसको सहभागिता रहेको छ भने दुई ग्रुपमा विभाजन गरिएको छ ।
विभाजित खेल समूह ‘ए’ मा गौरीशङ्कर यादव रौतहट क्याम्पस (गौर), मध्य रौतहट मल्टिपल क्याम्पस (गरुडा), सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा), कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छन् ।
यसैगरी समूह ‘बी’ मा सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर), श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण), लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर) अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका हुन् ।
प्रतियोगिताको लिग म्याच वैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने छ । वैशाख ३० गते सेमिफाइनल र ३१ गते दिउँसो २ः५५ समय देखि फाइनल खेल हुने आयोजक समितिले जनाएको छ ।
विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार पुरस्कार व्यवस्थापन गरिएको छ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अङ्क बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
फाइनल खेल ३१ सम्म हुने काँग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए । उद्घाटन खेल समूह बी सिन्धुरेघारी मल्टिपल क्याम्पस र लक्ष्मी श्री मल्टिपल क्याम्पस समनपुर बिच जारी रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण