बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

असार अन्तिममा गण्डकी कप महिला फुटबल हुने

मङ्गलबार, २३ वैशाख २०८२, २० : १५
मङ्गलबार, २३ वैशाख २०८२

पोखरा । पोखरामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकीमा पहिलो पटक राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताका लागि तालिका दिएको छ । एन्फाले दिएको तालिका अनुसार असार २८ देखि साउन ३ गतेसम्म प्रतियोगिता हुनेछ ।

एन्फाको स्विकृतिसंगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी थालेको छ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता हुने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । 

विभागिय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले प्रतियोगितामा सहभागिता जनाउन सहमति दिएका छन् । ‘डेट फाइनल भयो । टीमको खोजी भैरहेको छ,’ उनले भने, ‘अब तयारीलाई तीव्र पार्छौं । गण्डकीको आफ्नै टीम पनि रहनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप