मकवानपुर महिला गोल्डकप : फाइनलमा एपीएफ र पुलिस भिड्ने
मकवानपुर । मकवानपुर महिला गोल्डकपको फाइनलमा एपीएफ र पुलिस क्लब भिड्ने मकवानपुर महिला गोल्डकपको फाइनल खेलमा विभागिय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब भिड्ने भएको छ ।
वैशाख २३ गते मंगलबार भएको सेमिफाइनल खेल जित्दै दुई विभागिय टोली बिच प्रतिस्पर्धा निश्चित गरेका हुन् ।
मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवन जिल्ला फुटबल संघलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । मंगलबार साँझ नै भएको सेमिफाइनल अन्तर्गतको दोस्रो खेलमा संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल बैशाख २५ गते बिहीवार दिउँसो ३ बजे हुनेछ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको सेमिफाइन अन्तर्गतको दोस्रो खेलमा संकटालाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसीले खेलको ७६ औं मिनेटमा गोल गरिन् ।
रश्मिले कप्तान अनिता बस्नेतको कोना प्रहारलाई हेडमार्फत गोल गरिन् । अनिताले पनि बस्नेतको असिष्टमा गोल गरेकी थिइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
मंगलबार नै भएको समिफाइनल अन्तर्गतको पहिलो खेलमा पुलिसले पहिलो सेमिफाइनलमा चितवनलाई ७–० फराकिलो गोलान्तरले हराएको थियो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण