बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

मकवानपुर महिला गोल्डकप : फाइनलमा एपीएफ र पुलिस भिड्ने

मङ्गलबार, २३ वैशाख २०८२, २० : २२
मङ्गलबार, २३ वैशाख २०८२

मकवानपुर । मकवानपुर महिला गोल्डकपको फाइनलमा एपीएफ र पुलिस क्लब भिड्ने मकवानपुर महिला गोल्डकपको फाइनल खेलमा विभागिय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब भिड्ने भएको छ । 

वैशाख २३ गते मंगलबार भएको सेमिफाइनल खेल जित्दै दुई विभागिय टोली बिच प्रतिस्पर्धा निश्चित गरेका हुन् । 

मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवन जिल्ला फुटबल संघलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । मंगलबार साँझ नै भएको सेमिफाइनल अन्तर्गतको दोस्रो खेलमा संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल बैशाख २५ गते बिहीवार दिउँसो ३ बजे हुनेछ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको सेमिफाइन अन्तर्गतको दोस्रो खेलमा संकटालाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसीले खेलको ७६ औं मिनेटमा गोल गरिन् । 

रश्मिले कप्तान अनिता बस्नेतको कोना प्रहारलाई हेडमार्फत गोल गरिन् । अनिताले पनि बस्नेतको असिष्टमा गोल गरेकी थिइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

मंगलबार नै भएको समिफाइनल अन्तर्गतको पहिलो खेलमा पुलिसले पहिलो सेमिफाइनलमा चितवनलाई ७–० फराकिलो गोलान्तरले हराएको थियो । 

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप