सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा

सोमबार, १५ असार २०८३, १३ : ०३
सोमबार, १५ असार २०८३

सारांश

  • काठमाडौँको पेप्सीकोलास्थित सुर्यमुखी चोकमा सञ्चालित दुई वटा गोदाममा आगलागी भएको छ ।
  • माँ ट्रेडर्समा चाउचाउ र इनर्जी ड्रिंक तथा तलेजु भवानी कन्सर्नको गोदाममा बियर आगलागीको कारण नष्ट भएको छ ।
  • ३ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको छ ।

काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सुर्यमुखी चोकमा सञ्चालित दुई वटा गोदाममा आगलागी भएको छ । गए राति काठमाडौँ–३२ स्थित माँ ट्रेडर्स र तलेजु भवानी कन्सर्नमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । 

शंखरापुर नगरपालिका वडा नम्बर–६ साँखु घर भएका धिरेन्द्र रन्जितकारले सञ्चालन गरेको माँ ट्रेडर्समा आगलागीबाट चाउचाउ र इनर्जी ड्रिंक क्षति भएको छ । 

रन्जितकार, उमेश कवाङ, रत्न दास श्रेष्ठ र ज्ञान रत्न मानन्धर मिलेर सञ्चालन गरेको तलेजु भवानी ट्रेड कन्सनको गोदाम घरमा राखिएको बियर आगलागीको कारण नष्ट भएको छ । 

दुवै गोदाम राम श्रेष्ठको जग्गा भाडामा लिएर गोदाम घर सञ्चालन गरिएको थियो । ३ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप