मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाए ।
नेपाली भाषा विश्वकै धनी भाषा भएको उनको भनाइ छ । उनले अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउनु आग्रह गरे । प्रधानमन्त्री ओलीले हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताए ।
उनले भने,‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ । नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन । राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो । बस्दैथे, आराम गर्थे । सुन्दैनथे श्रमण हुन्थ्यो । राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो । त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर । जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’
प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरु भाषामा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य