वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशासकीय अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेपछि महानगरपालिकाका कर्मचारीहरूले पेन डाउन गर्दै सेवा ठप्प पारेका छन् ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका वडाध्यक्ष पराजुलीले पोखरेलमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोप छ । तालिममा कर्मचारी पठाउने विषयमा सल्लाह नगरेको भन्दै वडाध्यक्षले आक्रोशित भएर दुव्र्यवहार गरेका पोखरेलको गुनासो छ ।
उनले वडाध्यक्षले घटनाका बेला मादक पदार्थ सेवन गरेको आरोप पनि लगाए । सोही घटनालाई लिएर स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
घटना भएको २४ घण्टामा समेत कुनै एक्सन नलिएको भन्दै कर्मचारीहरुले पेन डाउन गरेका हुन् । अल्टिमेटमको समयसीमा सकिँदासम्म कुनै सुनुवाइ नभएको भन्दै बुधबारदेखि कर्मचारीहरूले काम छोडेर निस्किएका महानगरले जनाएको छ ।
कर्मचारी सुरक्षाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले दुवै पक्षलाई छलफलका लागि बिहीबार बिहान बैठक बोलाइएको बताए ।
वडाध्यक्ष पराजुलीले सोही दिन फुटपाथमा सामान राखेको आरोपमा व्यवसायी लेखनाथ सुवेदीमाथि समेत हातपात गरेका थिए ।
घटनाको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । महानगरपालिकामा कर्मचारीको आन्दोलनले सेवा प्रवाह ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण