बागमती प्रदेशमा मनाइयो भाषा दिवस
हेटौँडा । भाषा ऐन कार्यान्वयन भएको अवसरमा बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाएको छ । बुधबार एक समारोहका बिच प्रदेश सरकारले भाषा दिवस मनाएको हो ।
ऐन बनाएर नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन ‘वैशाख २४ गते’ प्रदेश सरकारले हेटौँडामा विशेष समारोहको आयोजना गरेर प्रदेश भाषा दिवस मनाएको हो ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा बुधबार बिहान हेटौँडा–४, हुप्रचौरबाट प्रभात फेरीको आयोजना गरिएको थियो । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीसमेत प्रभात फेरीमा सहभागी रहेका थिए ।
प्रभात फेरीमा नेवारी, तामाङ, मगर समुदायको मौलिक पोशाक, बाजासहित सहभागी भएका थिए । हेटौँडा बजार परिक्रमापछि प्रभात फेरीमा सहभागीहरू हेटौँडा–४ स्थित रोयल प्यालेसमा सभामा सहभागी भएका थिए ।
पर्यटन मन्त्री ठकुरीको अध्यक्षता तथा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भाषा दिवस समारोह भएको हो । भाषा दिवसको अवसरमा मल्ल के सुन्दर र अजीतमान तामाङलाई सम्मान समेत गरिएको थियो ।
प्रदेश भाषा दिवसकै अवसरमा काठमाडौँमा पनि कार्यक्रम भएको छ । प्रदेश भाषा दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण