कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ । विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि (आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष तीनदेखि पाँच जनाको नाम विभागका पठाउन निर्देशन गर्ने र ती जनशक्तिको परिचालनको संयोजनको जिम्मेवारी विभागका सदस्य नारायण खरेललाई दिने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले विभागको वेभसाईट अद्यावधिक गर्ने कामको संयोजन गर्न विभागका सदस्य प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ भने जनसम्पर्क समिति भारतसँग समन्वय राखी भारतमा रहेका सबै क्षेत्रका नेपाली जनसम्पर्क समितिलाई अझ बढी क्रियाशील बनाउन विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
त्यसका लागि विभागबाट सदस्य सुनिता जिसी कुँवरलाई संयोजक तोकिएको जानकारी विभागले दिएको छ । बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समितिको विधानमा एकरुपताल्याई समितिको साङ्गठानिकस्वरुप र कामलाई अझ सुव्यवस्थित गराउनका लागि विधानहरुको अध्ययन गरी सुझाव पेस गर्न विभागका सदस्य ऋषि शर्मालाई संयोजक तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण