रथले मच्छिन्द्रनाथकी आमालाई परिक्रमा गराइयो
बिहीबार, २५ वैशाख २०८२, २० : २२
काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथले बिहीबार ललितपुरको लगनखेलस्थित माजु सीमा रूखलाई भक्तजनहरूले तानेर तीन पटक परिक्रमा गराएका छन् । मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने यस रूखको परिक्रमा मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप गरिएको हो।
वर्षा र समृद्धिको कामनासहित सम्पन्न यो परम्परा रथ यात्राको एक महत्त्वपूर्ण धार्मिक पक्ष मानिन्छ। भोलि भने रथको माथिबाट नरिवल फाल्ने परम्परा हुनेछ। जनविश्वासअनुसार उक्त नरिवल जसले समाउँछ, उसले छोरा पाउने विश्वास रहिआएको छ। यसै अवसरमा ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
_Ou5a1E6Jun.jpg)
_X5msMQHL48.jpg)
_bW5l6jC7uP.jpg)
_Ofu7BojBBi.jpg)
_TcBfP7vy3R.jpg)
_VXEUylPkEl.jpg)
_jQMZcDjFeX.jpg)
_AmHOVNGAll.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण