रथले मच्छिन्द्रनाथकी आमालाई परिक्रमा गराइयो
बिहीबार, २५ वैशाख २०८२, २० : २२
_f33UMlZBgg.jpg)
काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथले बिहीबार ललितपुरको लगनखेलस्थित माजु सीमा रूखलाई भक्तजनहरूले तानेर तीन पटक परिक्रमा गराएका छन् । मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने यस रूखको परिक्रमा मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप गरिएको हो।
वर्षा र समृद्धिको कामनासहित सम्पन्न यो परम्परा रथ यात्राको एक महत्त्वपूर्ण धार्मिक पक्ष मानिन्छ। भोलि भने रथको माथिबाट नरिवल फाल्ने परम्परा हुनेछ। जनविश्वासअनुसार उक्त नरिवल जसले समाउँछ, उसले छोरा पाउने विश्वास रहिआएको छ। यसै अवसरमा ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ स्टक एक्सचेञ्जसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?
-
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
-
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर