नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको छ ।
नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाका अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा सङ्क्रमण देखिएको हो । उनले पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा नमूना सङ्कलन गरी परीक्षणमा पठाइएको बताए । सङ्क्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ ।
मङ्लबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछि नमूना सङ्कलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट झाले ‘हेपाटाइटिस–ए’ वा ‘इ’ हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन गर्न सकिने बताए ।
यसैबीच, सङ्क्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगर प्रमुख कुन्साङ लामालगायत पदाधिकारीले चिकित्सकको टोलीसँग छलफल गरी जानकारी लिएका छन् । भकुण्डेबेँसी क्षेत्रमा वितरित खानेपानी तथा बजार क्षेत्रमा बिक्री भइरहेका पानीपुरीलगायत खाद्यान्नका कारण सङ्क्रमण भएको आशङ्का गरिएको छ ।
सङ्क्रमितको सजगताका साथ उपचार गर्नेबारेमा चिकित्सकबीच छलफल भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलिन नदिन सचेत रहन आग्रह गर्दै खानेपानी, खानेकुरा र सरसफाइमा ध्यान दिन पनि अस्पतालले अनुरोध गरेको छ । अस्पतालबाट प्रभावित क्षेत्रमा खानेपानी शुद्धीकरण गर्न क्लोरिनलगायत रसायन वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
-
दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै
-
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
-
एआई विरुद्ध २१औँ शताब्दीमा ‘लुडाइट’ आन्दोलनको खतरा
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश