दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
काठमाडौँ । युरोपेली क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको उपाधि यसपटक इङ्लिस क्लबले जित्ने पक्का भइसकेको छ । जारी सिजनको प्रिमियर लिगमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएका म्यानचेस्टर युनाइटेड र टोट्टनहामले युरोपा लिगमा भने फाइनलको यात्रा तय गरेका हुन् ।
युरोपा लिगको सेमिफाइनलमा टोट्टनहामले नर्वेजियन प्रतिद्वन्द्वी बोडो-ग्लिम्टलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा टोट्टनहामले बोडो÷ग्लिम्टलाई २–० गोलले हरायो ।
उक्त नतिजापछि टोट्टनहाम ५–१ कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो । त्यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा पनि टोट्टनहाम ३–१ गोलले विजयी भएको थियो ।
म्यानचेस्टर युनाइटेड भने सेमिफाइनलमा स्पेनिस प्रतिद्वन्द्वी एथलेटिक बिल्बाओलाई हराउँदै फाइनलमा पुगेको हो । म्यानचेस्टर युनाइटेडले बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा एथलेटिक बिल्बाओलाई ४–१ गोलले हरायो ।
उक्त नतिजापछि म्यानचेस्टर युनाइटेड ७–१ कुल गोल भिन्नताका आधारमा उपाधिनजिक पुगेको हो । यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा पनि म्यानचेस्टर युनाइटेडले एथलेटिक बिल्बाओलाई ३–० गोलले पाखा लगाएको थियो ।
प्रतियोगिताको फाइनल खेल मे २१ तारिखमा स्पेनमा खेलिने छ । म्यानचेस्टर युनाइटेड र टोट्टनहाम दुबै युरोपा लिगका पूर्वविजेता पनि हुन् । टोट्टनहामले हालसम्म दुईपटक युरोपा लिगको उपाधि चुमेको छ । म्यानचेस्टर युनाइटेडले भने हालसम्म एकपटक युरोपा लिगको उपाधि कुम्ल्याएको छ ।
म्यानचेस्टर युनाइटेड सन् २०१७ मा च्याम्पियन बनेको थियो भने टोट्टनहामले सन् १९७२ र सन् १९८४ मा युरोपा लिगको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण