बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

पहिलो उपाधिको खोजीमा चेल्सी र रियल बेटिस

शुक्रबार, २६ वैशाख २०८२, १२ : १५
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । यूईएफए कन्फरेन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस प्रतिद्वन्द्वी रियल बेटिसको सामना गर्ने भएको छ । चेल्सी बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा स्विडिस प्रतिद्वन्द्वी जर्जगार्डेनलाई हराउँदै फाइनलमा पुगेको हो । 

स्टामफोर्ड ब्रिजमा खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा चेल्सीले जर्जगार्डेनमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । उक्त नतिजापछि चेल्सी ५–१ कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो ।

यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा पनि चेल्सीले जर्जगार्डेनलाई ४–१ गोलले हराएको थियो । प्रतियोगिताको मे २८ तारिखमा खेलिने फाइनलमा चेल्सी र रियल बेटिसले उपाधिका लागि भिडन्त गर्नेछन् ।

स्पेनिस क्लब रियल बेटिस भने सेमिफाइनलमा बलियो इटालियन क्लब फियोरेन्टिनालाई ४–३ कुल गोल भिन्नताका आधारमा पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । चेल्सी र रियल बेटिस दुवै पहिलो पटक कन्फरेन्स लिगको फाइनलमा पुगेका हुन् । 

सेमिफाइनलको पहिलो लेग खेलमा रियल बेटिस २–१ गोलले विजयी भएको थियो । दोस्रो लेग खेल भने २–२ गोलको बराबरीमा सकिएको थियो । चेल्सी र रियल बेटिस दुवै पहिलो उपाधिको खोजीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप