बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताएका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–७ मा स्थापना भएको बद्रीनारायण धामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मुख्यमन्त्री लामाले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा बद्रीनारायण धामलाई अगाडि बढाउन प्रदेश सरकार लाग्ने बताए ।
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको भन्दै भर्खरै निर्माण भएको बद्रीनारायण धामलाई पनि पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उल्लेख गरे । उनले बद्रीनारायण धामको पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘बोलेर होइन, काम गरेर देखाउने बेला आएको छ, यस धामको प्रवर्द्धनमा बागमती प्रदेश सरकारले काम गर्छ’, उनले भने ।
नारायण पोखरेल प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दिनबन्धु पोखरेलले धामको विकासका लागि स्थानीय तहसँगै प्रदेश सरकार र केन्द्रीय सरकारको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । धामको विकासका लागि नारायण पोखरेल प्रतिष्ठानले काम गर्दै आइरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैशाखसम्मको मूल्यवृद्धि दर २.७७ प्रतिशतमा झर्यो, कुन क्षेत्रमा कति ?
-
‘जेन–जी’ पुस्ताका झण्डै ६० प्रतिशत भन्छन्– उच्च शिक्षा नेपालमै
-
पार्टी एकताबारे माधव र विप्लवसँग छलफल भइरहेको छ : प्रचण्ड
-
विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
-
रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल