डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि पहिलोपटक दमकल प्रयोग गरिएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार गोसाइँकुण्ड गाउपालिका—५ सानू र ठूलोभार्खुबीचको जङ्गलमा लागेको डढेलो नियन्त्रबाहिर गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा दमकल प्रयोग गरिएको हो ।
त्यसका लागि नुवाकोटको विदुर नगरपालिकाबाट दमकल मगाइएको उनले जानकारी दिए । पासाङल्हामु मार्गको डिलबाट दमकलले डढेलो निभाउनका लागि प्रयास भइरहेको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि रसुवामै पहिलोपटक दमकल प्रयोग भएको जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा आगो नियन्त्रणको प्रयास गरिए पनि हावाहुरी र बढी भिरपाखो भएका कारण परिस्थिति काबुभन्दा बाहिर गएपछि दमकल मगाइएको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए ।
सुरक्षा अङ्गले मानव वस्तीलाई संरक्षण गरिरहेको र हालसम्म कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण