डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि पहिलोपटक दमकल प्रयोग गरिएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार गोसाइँकुण्ड गाउपालिका—५ सानू र ठूलोभार्खुबीचको जङ्गलमा लागेको डढेलो नियन्त्रबाहिर गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा दमकल प्रयोग गरिएको हो ।
त्यसका लागि नुवाकोटको विदुर नगरपालिकाबाट दमकल मगाइएको उनले जानकारी दिए । पासाङल्हामु मार्गको डिलबाट दमकलले डढेलो निभाउनका लागि प्रयास भइरहेको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि रसुवामै पहिलोपटक दमकल प्रयोग भएको जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा आगो नियन्त्रणको प्रयास गरिए पनि हावाहुरी र बढी भिरपाखो भएका कारण परिस्थिति काबुभन्दा बाहिर गएपछि दमकल मगाइएको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए ।
सुरक्षा अङ्गले मानव वस्तीलाई संरक्षण गरिरहेको र हालसम्म कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी’ पुस्ताका झण्डै ६० प्रतिशत भन्छन्– उच्च शिक्षा नेपालमै
-
पार्टी एकताबारे माधव र विप्लवसँग छलफल भइरहेको छ : प्रचण्ड
-
विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
-
रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड