फोटो फिचर
बुद्ध जयन्तीका लागि सिँगारिँदै स्वयम्भूनाथ (तस्बिरहरू)
आइतबार, २८ वैशाख २०८२, ०८ : ३३
_MosawCaJWV.jpg)
काठमाडौँ । आसन्न बुद्ध जयन्तीलाई मध्यनजर गरेर काठमाडौँको स्वयम्भूनाथ मन्दिर धमाधम सजाउन सुरु गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगारिएको हो ।
यसपालिको बुद्ध जयन्ती सोमबार (भोलि) परेको छ । स्वयम्भूनाथ मन्दिरमा पनि बुद्ध जयन्ती धूमधामका साथ मनाउने गरिन्छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल