हेटौँडामा युवा सम्मेलन सुरू
हेटौँडा । हेटौँडामा ३ दिने युवा सम्मेलन सुरू भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा आइतबारबाट सम्मेलन सुरू भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा शिक्षा, सीप तथा नीतिगत संवाद हुनेछ ।
सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सिप, सृजना, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सीपमूलक तालिमको आवश्यकता, प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नता, मुख्यमन्त्रीसँग युवा विषयक छलफल गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।

सम्मेलनमा युवा पुस्ताको सफलताको कथा प्रस्तुत गरिने उनले बताए । सम्मेलनमा देशका सातै प्रदेशका युवाको समेत सहभागिता रहेको छ । अनलाइनमार्फत आवेदन दिएका प्रदेशभित्रका युवा, बागमती प्रदेशका ११९ वटै पालिकालाई एक, एक जना सहभागी पठाउन आग्रह बमोजिम सिफारिस भएका युवा र ७ प्रदेशका प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा युवाको सहभागिता रहेको छ ।
युवाहरूलाई युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्य रहेको चौलागाईले बताए । युवा सम्मेलन सुरू हुनु अगाडि हेटौँडाको बुद्धचोकबाट खैजेडी भजन, झाँकी सहितको र्याली निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण