बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चिजा भण्डारीका दुई मुक्तक

आइतबार, २८ वैशाख २०८२, १४ : ४३
आइतबार, २८ वैशाख २०८२

मुक्तक– १  

छोडिदेउ गुनासो गर्न अरुसँग ।।
केही फरक पर्दैन नबोले नि अरुसँग ।।

अरुको भरमा जिन्दगी चल्ने हैन ।
बाँच्न सिकौँ सधैँभरि नगरी आस अरुसँग ।।
 
सधैँ साथ मात्रै दिइरहे मैले ।
त्यसको साटो गाली खाएँ मैले ।।

के यही हो त सहयोगको इनाम ।
तिमीले पाउने, गुमाउने मैले ।।
००
 

मुक्तक–  २

मेरो प्राण तिमीलाई मेरो विचार तिमीलाई ।।
मेरो दश नग्रा खियाउने हात तिमीलाई ।।

दिन सक्ने र थाम्न सक्ने सबै चिज अनि वस्तुहरू ।
सारा संसारभरिको माया तिमीलाई ।।

साथ गरे थरीथरी मानिससँग ।
काम गर्ने सिलसिलामा अनेक रङसँग ।।

कहिले फरक जात त कहिले फरक वर्ग ।।
कहिले ठुला त कहिले सानासँग ।।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चिजा भण्डारी
चिजा भण्डारी
लेखकबाट थप