कर्णालीमा प्रतिपक्ष : सरकारको गतिमति ठिक छैन
सुर्खेत । कर्णालीको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारको गतिमति ठिक नभएको निष्कर्ष निकालेको छ । आइतबारदेखि बसेको बजेट अधिवेशनमा बोल्दै विपक्षी दलका नेता राजकुमार शर्माले सरकार ठिक ढङ्गले चल्न नसकेको बताएका हुन् ।
प्रदेश खेलकुद विकास परिषद् खाली भएको लामो समय बितिसक्दा पनि पूर्णता दिन नसकेको लगायतका विषय उठाउँदै सरकार गतिविहीन बनेको शर्माको भनाइ छ ।
‘कर्णालीका मुख्यमन्त्रीले लाजमर्दो किन गरिरहनुभएको छ,’ शर्माले प्रश्न गरे, ‘एउटा खेलकुद विकास परिषद्मा सदस्य सचिव नियुक्त गर्न नसकेर के गर्या हो ? यसरी पनि सरकार चल्छ ? मलाई अचम्म लाग्छ ।’
०८१ पुसदेखि प्रदेश खेलकुद विकास परिषद् पदाधिकारी विहीन छ । सदस्यसचिव नियुक्त नहुँदा प्रादेशिक रङ्गशालामा काम गरिरहेको ठेकदारले भुक्तानी पाउन सकेको छैन भने अहिलेसम्म काम सकिएको छैन । सरकारले यस्तो कुरामा बेवास्ता गरिरहेको आरोप शर्माले लगाए ।
साथै शर्माले मुख्यमन्त्री कँडेलबाट जुन आशा गरिएको हो, त्यो अनुसार काम गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘तपाईंहरुका कुरा सुन्दा वैशाख, जेठमै सबै काम सम्पन्न गरिसक्ने थियो, तर यो पटक पनि असारे प्रवृत्ति कायमै रहने भयो ।’ मुख्यमन्त्री कँडेलले आफ्नो प्रमुख उपलब्धि मान्दै आएको ‘योजना बैँक र आयोजना छनौट कार्यविधि’माथि पनि शर्माले प्रश्न उठाए ।
‘निकै राम्रो काम गरेँ, झ्यालबाट योजना आउने प्रवृत्तिको अन्त्य गरे भनेर भनिरहनुभएको छ,’ उनले भने, ‘सरकारको तरिका हेर्दा, कार्यविधिमा लेखिएका कुरा हेर्दा आउने मूलबाटोमा, जानेबेला झ्यालबाटो जाने देखिन्छ । डोका भन्दा पोका ठुला आएका छन्, अनि कुरा ठुला गरेका छौँ, योजना बैँक बनायौँ भनेर ।’
सरकारको तादम्यता नै नमिलेको उनले बताए । सरकारको यही गतिले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारा पुरा नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण