मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’

मङ्गलबार, ३० वैशाख २०८२, १२ : २४
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ । हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका छौँ ।’ 

सांसद परियारले विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर पनि भाग्न खोजेको आरोप पनि लगाए । राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेको उनले बताए । समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच सम्बन्ध बलियो हुन नसकेको दाबी परियारको छ । 

परियारले संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने बजेट ल्याउन सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप