‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’
मङ्गलबार, ३० वैशाख २०८२, १२ : २४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ । हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका छौँ ।’
सांसद परियारले विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर पनि भाग्न खोजेको आरोप पनि लगाए । राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेको उनले बताए । समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच सम्बन्ध बलियो हुन नसकेको दाबी परियारको छ ।
परियारले संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने बजेट ल्याउन सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण