मध्यपूर्वको भ्रमणको क्रममा साउदी अरब आइपुगे ट्रम्प
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् । मङ्गलवार उनी मध्यपूर्वको भ्रमणको पहिलो गन्तव्यको रूपमा साउदी ओर्लिएका हुन् ।
ट्रम्पको स्वागतार्थ साउदी अरबको राजकुमार मोहमद बिन सलमान विमानस्थलमै पुगेका थिए । यस भ्रमणमा ट्रम्पसँग विदेश मन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेग्सेथ, वाणिज्य मन्त्री होवार्ड लुट्निक र ऊर्जा मन्त्री क्रिस राइट् पनि साउदी गएका छन् ।
पहिलो कार्यकाल देखि नै राजकुमार सलमानले ट्रम्पसँग निकट सम्बन्ध बनाउने प्रयास गरिरहेका छन् । रुस र युक्रेन युद्धमा मध्यस्थ गर्ने अमेरिकी प्रयासमा पनि उनी ट्रम्पको निकट सहयोगीको रूपमा उदाएका थिए ।
२०१८ मा पत्रकार जमाल खाशोगीको हत्या यता साउदीसँग अमेरिकाको सम्बन्ध बिग्रिएको थियो । दोस्रो कार्यकालमा मुख्य अन्तर्राष्ट्रिय भ्रमणको रूपमा साउदीलाई रोजेर ट्रम्पले साउदी आफ्नो प्राथमिकतामा छ भनेर दुनियाँलाई देखाएका छन् ।
यो भेटमा साउदीले ट्रम्पलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङको ४० करोड डलर पर्ने ७४७ जम्बो जेट उपहारमा दिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण