निराश हुनुहुँदैन, निराशाले आत्महत्या गराउँछ : गृहमन्त्री लेखक
विराटनगर । गृहमन्त्री रमेश लेखकले निराशाले आत्महत्या गराउने भन्दै निराश नहुने काँग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।
विराटनगरस्थित नेपाली काँग्रेस मोरङको पार्टी कार्यालयमा पार्टी कार्यकर्ता तथा नेताहरूले कुरा गर्ने क्रममा निराशा व्यक्त गरेपछि उनले यस्तो बताएका हुन् । देशमा अहिले कमी कमजोरी, चिन्ता, समस्या रहेको भएपनि निराश हुन नहुने उनले बताए ।
‘केही कमी छन्, कमजोरी छन्, चिन्ता छन्, समस्या छन्, जटिलता छन् र कठिनता पनि छन् । तर निराश हुनुहुँदैन,’ गृहमन्त्री लेखकले भने, ‘तर निराश हुनुहुँदैन । काँग्रेस निराश भयो भने देश अगाडि बढ्न सक्दैन । निराशाले मानिसलाई आत्महत्यातिर लैजान्छ ।’
उनले आशा गरे मानिसलाई प्रगतितर्फ, विकास र समृद्धितिर लैजाने बताए । सरकारले चालेको पाइला साना भए्, गति कम भएपनि पाइला गलत बाटोमा नरहेको उनले बताए । ‘हाम्रो पाइला साना होलान्, गति कम होला । तर, गतिहीन छैन, लक्ष्य हिन छैन, उद्देश्यबिहीन छैन । त्यसकारण काँग्रेसले निराशा बाँड्ने होइन । आशा जगाउने हो,’ उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने ।
उनले परिवारको अभिभावक र परिवारको मुली काँग्रेस नै भएकोले झन् निराश हुन नहुने बताए । ‘काँग्रेस राष्ट्रको अभिभावक पार्टी हो । काँग्रेस नेपाली जनताको आशा, भरोसा र आस्थाको पार्टी हो । त्यसकारण पनि निराश हुनुहुँदैन,’ उनले भने ।
उनले अहिलेको संयुक्त सरकारबारे विभिन्न टिप्पणी भएपनि संविधानको व्यवस्था अनुसार गठबन्धन गरेर मात्रै सरकार बन्ने स्थितिबारे बुझ्न आग्रह गरे । अहिलेको संविधानकै कारण महिलाले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको नेतृत्व गरेको भन्दै यो महिलाको सशक्तीकरण भएको उनले दाबी गरे । यद्यपि संविधानमा केही कमजोर पक्ष रहेको उनले बताए । ‘एउटै पार्टीको बहुमत आउन सक्ने खालको अवस्था छैन । संयुक्त सरकारको विकल्प बाहेक अरू हामीसँग छैन । एमालेसँग मिलेर भएपनि माओवादी वा अरूसँग मिलेर भएपनि सरकार बनाउनु पर्ने बाध्यता छ,’ उनले भने ।
उनले अहिलेको गठबन्धन सरकारको मुख्य उद्देश्य राजनीतिक स्थिरता भएको र त्यो १० महिनामा सन्देश दिएको उनको दाबी छ । ‘राजनीतिक मुद्दामा हामीले स्थिर सरकार दिन्छौँ भनेका छौँ । भोली यो संयुक्त सरकार बनेको १० महिना पुरा हुन्छ । यो १० महिनामा प्रधानमन्त्री न विश्वासको मत लिन जानु भएको छ । न अविश्वासको प्रस्ताव पेस भएको छ ? अघिल्लो सरकारको अवस्था के थियो ?,’ उनले स्पष्ट पार्दै भने, ‘१० महिनामा हामीले सरकारको स्थिरताको सन्देश दिएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण