जित्नै पर्ने दबाबबिच नेपाल आज बहराइनसँग भिड्दै
सारांश
- नेपाल महिला टी-२० विश्वकप छनोटको लागि थाइल्याण्डमा जारी प्रतियोगितामा बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
- नेपालले हालसम्म खेलेका ३ खेलमध्ये १ मा जित र १ मा हार बेहोरेको छ, भने एक खेल वर्षाले रद्द भयो।
- बहराइनलाई हराए नेपाल सुपर-३ चरणमा पुग्ने सम्भावना रहन्छ, नतिजा अन्य खेलमा भर पर्नेछ।
- यस प्रतियोगिताबाट दुई टोलीले महिला टी-२० विश्वकपको विश्वस्तरीय छनोटमा स्थान बनाउनेछन्।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले बहराइनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
जारी छनोट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल खेल्न लागेको हो । यो खेल नेपाली टोलीका लागि निकै महत्वपूर्ण पनि छ । यो खेलमा पराजित भए नेपाली टोलीको विश्वकपमा छनोट हुने सपना समाप्त हुनेछ ।
नेपाली टोली तीन अंकसहित समूह ‘सी’ तालिकाको दोस्रो स्थानमा छ । नेपालले हालसम्म तीन खेल खेल्दै एक जित र एक हारको नतिजा निकालेको छ । नेपाली टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
अंक तालिकामा हङ्कङ पहिलो स्थानमा आसिन छ । हङ्कङले हालसम्म खेलेको तीनमध्ये एक खेलमा जितको नतिजा निकालेको छ । हङ्कङको दुई खेल भने वर्षाका कारण रद्द भएको थियो । दुई खेल खेलेको बहराइन एक अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
बिहीबारको खेलमा पराजित भए नेपाली टोलीको अगाडि बढ्ने सपना समाप्त हुनेछ । तर, बिहीबारको खेलमा बहराइनलाई हराए नेपाली टोलीको सुपर–३ चरणमा पुग्ने सम्भावना जीवीत रहने छ । त्यसपछि पनि नेपाली टोली अगाडि बढ्न अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ ।
समूहको अन्तिम खेल शुक्रबार हङ्कङ र बहराइनबिच खेलिने छ । उक्त खेलमा विजयी भए हङ्कङको टोली नेपाली टोलीलाई पछि पार्दै सजिलै सुपर–३ चरणमा प्रवेश गर्नेछ । यसअघि, नेपाली र हङ्कङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपाली टोलीले आफ्नो दोस्रो खेलमा बहराइनलाई नौ विकेटले हराएको थियो । आफ्नो तेस्रो खेलमा नेपाली टोली हङ्कङसँग सात विकेटले पराजित भएको थियो ।
प्रारम्भिक चरणको खेलपछि तीनवटै समूहबाट एक–एक टोली प्रतियोगिताको ‘सुपर–३’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–३’ चरणमा भने तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ मा भने मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । यो प्रतियोगिताबाट दुई टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सात टोलीको भने टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगितामा चार टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यसैले एसियाली क्षेत्रको यो छनोट प्रतियोगिता सहभागी टोलीका लागि आगामी विश्वकपमा स्थान बनाउने महत्वपूर्ण खुड्किलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण