आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

बिहीबार, ०१ जेठ २०८२, १२ : १२

समाचार सारांश

  • भोक लाग्दा नखाँदा शरीरमा ऊर्जा घट्ने, मेटाबोलिजम सुस्त हुने, पोषक तत्वको कमी हुने जस्ता समस्या आउँछन्।
  • लामो समय भोकै बस्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर भई विभिन्न रोगको जोखिम बढ्छ।
  • भोकलाई बेवास्ता गर्दा रगतमा चिनीको मात्रा घट्ने, पाचन प्रणालीमा समस्या आउने र मानसिक स्वास्थ्यमा असर गर्छ।
  • नियमित अन्तरालमा खाने, सन्तुलित आहार लिने, पर्याप्त पानी पिउने र भोकलाई बेवास्ता नगर्ने जस्ता कुरामा ध्यान दिनुपर्छ।

काठमाडौँ । भोक लागेको बेला नखाँदा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । धेरै मानिसहरू कामको चाप, तौल घटाउने प्रयास आदिकै कारण भोक लागेर पनि खाँदैनन् । 

तर यो बानीले शरीरमा नकारात्मक असर पार्न सक्छ । शरीरमा ऊर्जाको स्तर कम हुने, मेटाबोलिजम सुस्त हुने, पोषक तत्त्वको अभाव, रगतमा चिनीको मात्रा कम हुन्छ र मानसिक थकान जस्ता समस्याहरू आउन सक्छन् । 

लामो समयसम्म भोकै बस्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ र धेरै रोगहरूको जोखिम बढ्न सक्छ । कतै तपाईँले पनि यस्तै खालका गल्ती त गरिरहनु भएको छैन । छ भने तुरुन्तै यस्ता बानी छोड्नुहोस् अनि नियमित सन्तुलित आहार लिनुहोस् । 

आजको यस लेखमा हामी भोक लाग्दा पनि नखाँदा शरीरमा हुन सक्ने हानिबारे कुराकानी गर्नेछौँ । 

ऊर्जाको स्तर घट्छ 

भोक लागेको बेला नखाँदा शरीरलाई आवश्यक पोषण र ऊर्जाबाट वञ्चित भइन्छ, जसले गर्दा थकान, कमजोरी र चक्कर लाग्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ । 

मेटाबोलिज्म सुस्त हुन्छ

भोक लागेको बेला पनि खाना खाइएन भने तपाईंको मेटाबोलिज्म सुस्त हुन सक्छ, जसले गर्दा तौल बढ्ने सम्भावना धेरै हुन्छ । 

पोषक तत्त्वको अभाव

बेलैमा खाना नखाँदा शरीरलाई भिटामिन, खनिज र अन्य आवश्यक पोषक तत्त्वहरू प्राप्त हुँदैन, जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यसले उल्टै कपाल झर्ने, छालाको समस्या र हड्डी कमजोर हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ । 

रगतमा चिनीको मात्रा घट्न सक्छ

भोकलाई बेवास्ता गर्दा रगतमा चिनीको मात्रा कम हुन सक्छ, जसले गर्दा चिडचिडापन बढ्ने, मुड स्विङ हुने र तनाव उत्पन्न हुन पनि सक्छ । 

पाचन प्रणालीमा असर 

लामो समयसम्म भोकै बस्दा पाचन प्रणाली कमजोर हुन सक्छ, जसले कब्जियत, एसिडिटी र ग्यास जस्ता समस्याहरू बढाउन सक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव

भोक लागेको बेला नखाँदा मस्तिष्कले आवश्यक ग्लुकोज पाउँदैन, जसले गर्दा ध्यान केन्द्रित गर्न कठिनाई हुन्छ, मानसिक थकान उत्पन्न हुन्छ र तनाव बढ्न सक्छ ।

खानपीनको बानीलाई यसरी सच्याउनुस् 

  • नियमित अन्तरालमा खानुहोस् । हरेक ३–४ घण्टामा केही स्वास्थ्यकर खानुहोस् । 
  • सन्तुलित आहार लिनुहोस् । आफ्नो खानामा प्रोटिन, फाइबर र स्वास्थ्यकर बोसो समावेश गर्नुहोस् । 
  • पर्याप्त पानी पिउनुहोस् ।  शरीरले राम्रोसँग काम गर्न सकोस् भनेर पर्याप्त पानी पिउनुहोस् । 
  • भोकलाई बेवास्ता नगर्नुहोस् । शरीरको आवश्यकता बुझ्नुहोस् अनि सही समयमा खाना खानुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप