आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा

बिहीबार, ०१ जेठ २०८२, २१ : २८
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेकाे बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको जानकारी गराएका हुन् । 

उनले फेसबुकमा लेखेका छन्,'अहिले म फाइनल अर्थात सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु । ६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसकेको हुँदा, सगरमाथा चढ्न पाउने मापदण्डमा म पर्छु र त्यही मापदण्ड बमोजिमको अनुमति पत्र पनि म सँग छ ।'

उनले सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा नपुगिने बताउँदै इच्छाएका कुरा हासिल गर्न सोही बमोजिमको योग्यता पनि हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप