१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति
शुक्रबार, ०२ जेठ २०८२, १७ : ३६
सारांश
- चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ८५ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
- वैदेशिक रोजगार विभागका अनुसार, व्यक्तिगत श्रम स्वीकृतिबाट १ लाख ८ हजार ४०२ जना र म्यानपावर कम्पनीमार्फत २ लाख ८६ हजार ९४१ जनाले श्रम स्वीकृति लिए।
- पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१८ रहेको छ भने जी टु जीमार्फत १० हजार २६३ जना विदेश गएका छन्।
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ८५ हजार भन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । २०८१ साउनदेखि २०८२ को वैशाख मसान्तसम्ममा ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
वैदेशिक रोजगार विभागको विवरण अनुसार एक लाख आठ हजार ४०२ जना नेपालीले व्यक्तिगत श्रम स्वीकृतिमार्फत बिदेसिएका छन् । त्यस्तै दुई लाख ८६ हजार ९४१ जना श्रमिक म्यानपावर मार्फत श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।
त्यस्तै दुई लाख ८० हजार ३१८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने १० हजार २६३ जना जी टु जी मार्फत बिदेसिएका छन् । तीमध्ये ६ लाख ८ हजार ८३९ पुरुष र ७७ हजार ८५ जना महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण