शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति

शुक्रबार, ०२ जेठ २०८२, १७ : ३६
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ८५ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
  • वैदेशिक रोजगार विभागका अनुसार, व्यक्तिगत श्रम स्वीकृतिबाट १ लाख ८ हजार ४०२ जना र म्यानपावर कम्पनीमार्फत २ लाख ८६ हजार ९४१ जनाले श्रम स्वीकृति लिए।
  • पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१८ रहेको छ भने जी टु जीमार्फत १० हजार २६३ जना विदेश गएका छन्।

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ८५ हजार भन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । २०८१ साउनदेखि २०८२ को वैशाख मसान्तसम्ममा ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् । 

वैदेशिक रोजगार विभागको विवरण अनुसार एक लाख आठ हजार ४०२ जना नेपालीले व्यक्तिगत श्रम स्वीकृतिमार्फत बिदेसिएका छन् ।  त्यस्तै दुई लाख ८६ हजार ९४१ जना श्रमिक म्यानपावर मार्फत श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

त्यस्तै दुई लाख ८० हजार ३१८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने १० हजार २६३ जना जी टु जी मार्फत बिदेसिएका छन् । तीमध्ये ६ लाख ८ हजार ८३९ पुरुष र ७७ हजार ८५ जना महिला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप