निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण

काठमाडाैँ । अग्रज साहित्यकार निर्मोही व्यासको १८ औं कृति संस्मरण संग्रह ‘सम्झँ कि बिर्सुँ’को लोकार्पण गरिएकाे छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शिखा बुक्सले बजारमा ल्याएको उक्त कृति लोकार्पण गरिएकाे हाे ।
शिखा बुक्सका पुष्प राज पौडेलले सभाध्यक्षको भूमिका निर्वाह गरेको कार्यक्रममा वरिष्ठ कवि श्यामल प्रमुख अतिथि थिए । कार्यक्रमको उद्घोषण साहित्यकार प्रोल्लास सिन्धुलीयले गरेका थिए ।
व्यासका शैक्षिक एवम् साहित्यिक गुरु ९४ वर्षका माधव प्रसाद गौतमले कार्यक्रमको शोभा बढाएका थिए । डा. गिता त्रिपाठी, प्रा. कपिल अज्ञात र राजकुमार बानियाँले कार्यक्रममा कृतिको समीक्षा गर्दै लेखकको व्यक्तित्वबारे प्रकाश पारेको थिए ।
‘सम्झुँ कि बिर्सुँ’मा आफूले व्यक्ति केन्द्रीत निबन्धहरू पाएको डा. त्रिपाठीले बताइन् । यो एउटै कृतिलाई मात्रै पढ्दा पनि व्यासको लेखनको प्रवृत्तिसँग पाठकहरू साक्षातकार हुने उनको भनाइ थियो ।
अज्ञातले व्यासलाई भावुक र संवेदनशील लेखक बताए । कार्यक्रमको अन्त्यमा बोलेका श्यामलले व्यासको लेखन प्रवृत्तिको साथसाथै उनको व्यक्तित्वमाथि भनाइ राखेका थिए । साहित्यकारहरू चन्द्र प्रसाद भट्टराई, सुकदेव उपाध्याय, मोहन चापागाई, गिता रेग्मी, प्रभा बराल लगायतले कृतिमाथि आफ्नो पाठकीय प्रतिक्रिया व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
-
‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक