विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
शनिबार, ०३ जेठ २०८२, १३ : ४९
सारांश
- काभ्रेको धुलिखेलमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मृतक सर्लाहीका २८ वर्षीय उपेस परियार हुन्।
- धुलिखेल नगरपालिका-७ मा बिजुलीको पोलमा काम गरिरहेका परियारलाई ११ हजार भोल्टको हाइटेन्सन लाइनले छोएको थियो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।
धुलिखेल । काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–७ स्थित सञ्जीवनी चोकमा विद्युत् पोलमा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने वर्ष २८ का उपेस परियारको मृत्यु भएको हो।
शनिबार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल–७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो । घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण