विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
शनिबार, ०३ जेठ २०८२, १३ : ४९

समाचार सारांश
- काभ्रेको धुलिखेलमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मृतक सर्लाहीका २८ वर्षीय उपेस परियार हुन्।
- धुलिखेल नगरपालिका-७ मा बिजुलीको पोलमा काम गरिरहेका परियारलाई ११ हजार भोल्टको हाइटेन्सन लाइनले छोएको थियो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।
धुलिखेल । काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–७ स्थित सञ्जीवनी चोकमा विद्युत् पोलमा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने वर्ष २८ का उपेस परियारको मृत्यु भएको हो।
शनिबार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल–७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो । घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?